काठमाडौँ, १४ असोज । काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको छ । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले कोभिड- १९ महामारी, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता र मानवअधिकार रक्षाबारे छलफल भएको बताए । महासभाको साइडलाइनमा भारत, बंगलादेश, कुवेत लगायत मुलुकका विदेशमन्त्रीसँग पनि छलफल भएको उनले जनाए । न्यूयोर्कमा गैरआवासीय नेपाली संघद्वारा आयोजित कार्यक्रममा उनले अमेरिकी अनुदान सम्झौता एमसीसी संसोधन नहुने समेत बताएका थिए ।परराष्ट्रमन्त्रीको सपथ लिएकै दिनमा असोज ६ गते उनी न्यूयोर्कतर्फ प्रस्थान गरेका थिए ।
राष्ट्रसंघीय महासभामा भाग लिएर स्वदेश फर्किए परराष्ट्रमन्त्री खड्का
प्रतिक्रिया