ईडीभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ३ पक्राउ

काठमाडौँ, १४ असोज । ईडीभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ३ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–२९ जुगेडी घर भई कलंकी बस्ने ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका–३ का ३१ वर्षीय नविन दराई र रौतहट चन्द्रपुर नगरपालिका–९ सिंदुरेघारी घर भई कोटेश्वर बस्ने ३२ वर्षीय शिव रोक्का छन् ।ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिहरूले भिसा प्रयोजनको लागि १२ कक्षाको नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको भन्ने अमेरिकी दूतावासको सूचनाको आधारमा नविन दराई र शिव रोक्कालाई महाराजगञ्जबाट पक्राउ गरेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए । अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये नविन दराईसँग जीवन कार्की १ लाख ७० हजार रुपैयाँ लिई कक्षा १२ को शैक्षिक प्रमाणपत्र बनाएर दिएको प्रहरीले जनाएको छ । नक्कली प्रमाण पत्र बनाउने कार्यमा संलग्न जीवन कार्की कलंकीबाट पक्राउ परेका हुन् । उनीहरुलाई लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति