सर्वदलीय बैठक जारी : प्रमुख प्रतिपक्ष दल एमाले सहभागी भएको छैन


काठमाडौँ, असोज १४ । संघीय संसद्‍मा जारी अवरोध अन्त्यको प्रयास गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएको जारी छ । प्रधानमन्त्री देउवाले संसद्‍मा प्रतिनिधित्व गर्ने दलको बैठक केही समयअघिबाट सुरु भएको हो ।सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागी भएको छैन । सर्वदलीय बैठकमा हामी सहभागी भएनौँ, एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने–हामी सत्तापक्ष र प्रतिपक्ष भएर मात्रै वार्ता गर्छौँ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ सहभागी छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएर सहभागी हुन सकेनन् । समाजवादीबाट महासचिव बेदुराम भुसाल र राजेन्द्र पाण्डे सहभागी छन् । जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महत्तो सहभागी छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कोही पनि प्रतिनिधि सहभागी छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति