सरकारद्धारा हवाई क्षेत्रको समस्याबारे छानविन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं, १३ असोज । सरकारले पछिल्लो समय नेपालको आन्तरिक हवाई उड्‍डयन क्षेत्रको सुरक्षामा देखिएको समस्याबारे अध्ययन गर्न पाँच सदस्यीय छानविन समिति गठन गरेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले आन्तरिक हवाई उड्डयन क्षेत्रमा देखा परेको समस्या तथा चुनौतीबारे छानविन गर्न प्राधिकरणका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा प्राधिकरणकै पूर्व निर्देशक भेषराज सुवेदी, बरिष्ठ क्याप्टेन कृष्ण बहादुर पौडेल क्षेत्री, पर्यटन मन्त्रालयका सि।ए।टि।सि।अ। प्रमोद नेपाल र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहेका छन् ।

समितिले हाल हवाई उडानको दौरानमा हुन सक्ने घटना तथा दुर्घटनाबाट जनधनको क्षतिलाई रोक्न प्राधिकरण र सम्बन्धित कम्पनीहरूबाट भईरहेको पिरियोडिक मेन्टेसेन्स, अन्तर्राष्ट्रिय हवाई सुरक्षा नियम ९आइकाओ० को मापदण्डको परिपालना लगायतका विषयलाई आधार बनाएर अध्ययन गर्ने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

असोज ११ गते काठमाण्डुबाट ७३ जना यात्रु लिएर उडेको बुद्ध एयरको विमानमा ल्याण्डिङ गियरमा समस्या देखिएपछि हवाई सुरक्षाको विषयलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । पछिल्लो समय विभिन्न कम्पनीका जहाज र हेलिकोप्टरमा प्राविधिक समस्या देखिएकाले यस्तो समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ छानविन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

साथै ८ कार्यक्षेत्र तथा शर्तसहित सरकारले उक्त समितिलाई तीन महिनाभित्र अध्ययन प्रतिवेदन बुझाइसक्न निर्देशन समेत दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति