राजस्व अनुसन्धान विभागको महानिर्देशकमा पौडेल

काठमाडौं, १३ असोज ।  सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेललाई जिम्मेवारी दिएको छ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक पदमा कार्यरत पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय माताहत रहेको विभागमा सरुवा गरेको हो। सह–सचिव पौडेल वाणिज्य आउनु अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।विभागका महानिर्देशक रामप्रसाद आचार्यको गण्डकी प्रदेशमा सरुवा गरेको छ। विभाग राजस्व चुहावट नियन्त्रण गर्ने सरकारको विशिष्टीकृत निकाय हो। अर्थ मन्त्रालय माताहत रहेको यो विभाग २०७४ फागुन १३ गतेको निर्णयानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत क्रियाशील रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति