५० अंक बढ्यो सेयर बजार, सबै समूहमा हरियाली

काठमाडौं, १३ असोज ।  बुधबार सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ।सो अंकको वृद्धिपछि परिसूचक २६६५ अंकमा कायम भएको छ। यस दिन परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।हिजो ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ। यस दिन ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो।

सबै समूह हरियो बनेका छन्। बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन्।यस दिन कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ। त्यस्तै २ कम्पनीको मूल्य स्थिर रह्यो।धेरै मूल्य कमाउनेमा अपि पावर र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे। ती कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मर्दी र कालिका पावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो।

यस दिन मेगा बैंकको मूल्य सबैभन्दा धेरै ३।९ प्रतिशतले घटेको छ। मेगाको मूल्य प्रतिकित्ता ३४२ रुपैयाँ कायम भएको छ। त्यस्तै युनिलिभर नेपालको मूल्य ३।८ प्रतिशतले घटेर प्रतिकित्ता १८ हजार ८ सय रुपैयाँ कायम भयो।कारोबारका आधारमा पनि यस दिन अपि पावर अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भयो। हिमालयन डिस्टिलरी, नेपाल बैंक, युनाइटेड मोदी हाइड्रोपावर, आइसिएफसी फाइनान्स पनि कारोबारका आधारमा अगाडि रहे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति