कपनबाट हराएका बालक भारतमा भेटिए

काठमाडौं,१३ असोज ।  काठमाडौँको कपनबाट हराएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् । नेपाल प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा शर्मा भारतको बिहारमा भेटिएका हुन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले शर्मा भारतमा भेटिएको जानकारी दिए । सोमबार अपरान्ह ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई लिएर हिँडेको खुलेको थियो । दिनभर खोज्दा पनि शर्मा नभेटिएपछि मंगलबार उनका बुबाले प्रहरीमा खोजवीनका लागि निवेदन दिएका थिए । दासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति