स्वास्थ्य उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

काठमाडौं,१३ असोज । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।

बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् ।माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवम् अर्थ विभाग प्रमुख पुनका प्रेस संयोजक दयानिधि भट्टले भने, ‘बैंककमा हिमालय एयरलाइन्सको कार्गो उडान रहेछ, त्यही जहाजमा उहाँ पनि जानु भएको छ ।’नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ ।उनी जण्डिस बिग्रिएपछि देखिने एक प्रकारको समस्याबाट लामो समयदेखि पीडित छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति