ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन–एएनआइ कलसाइनको जहाजले नियमित उडान थाल्यो

काठमाडौँ, १२ असोज । प्राविधिक समस्या आएर सोमबार ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन–एएनआइ कलसाइनको जहाजले नियमित उडान सुरू गरेको छ।कम्पनीको यो जहाजमार्फत मंगलबार बिहानैदेखि नियमित उडान सुरू गरेको बुद्ध एयरले जानकारी दिएको छ।नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभाग र कम्पनीको प्राविधिक टोलीले विस्तृत निरीक्षण गरेर जहाजमा प्राविधिक गडबडी नरहेको कम्पनीका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले जनाएका छन् ।‘बुद्ध एयरको टेक्निकल टिमले जहाजको मिहिन परीक्षण तथा नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा कल साइन ९ एन–एएनआई आजदेखि पुनः उडान सेवा थालेको छ। उक्त जहाजलाई नागरिक उड्डयन प्राधिकरणको टोलीले पनि निरीक्षण गरेको थियो’, कर्णले भने, ‘जहाजमा कुनै प्राविधिक गडबडी नदेखिएपछि ७२ सिटे उक्त जहाजले आज बिहानैदेखि उडान सेवा सुरू गरेको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति