अध्यक्ष ओलीले मिडिया सम्पादकसँग छलफल गर्ने

काठमाडौँ, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् ।

आज (मंगलबार) अपराह्न छलफलको कार्यक्रम तय भएको हो ।सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलो पटक सम्पादकसँग छलफल गर्न लागेको हुन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीन पटक सम्पादकहरूसँग छलफल गरेका थिए ।

नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन् ।

मिडिया सम्पादकहरूसँगको छलफल अपराह्न ४ बजेपछि हुने एमाले नेता खिमलाल भट्टराईले नेपाल पेजलाई जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति