एमालेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा रावल, शंकर पोखरेल पनि थपिए

काठमाडौं, ११ असोज । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकमा पहिले निर्माण गरिएको कार्यदलमा शंकर पोखरेललाई थप गर्ने र संयोजकमा रावललाई बनाउने निर्णय गरेको हो ।

कार्यदलमा पहिलेदेखि नै ६ जना हुनुहुन्थ्यो र त्यसमा एक जना शंकर पोखरेललाई थप गरी सात बनाइएको छ,एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने,कार्यदलका संयोजक रावलले मंगलबार नै त्यसको बैठक बोलाउनु भएको छ ।एमालेका विवादरत नेताहरुबीच असार २७ गते १० बुँदे सहमति भएको थियो । जसमा २०७५ जेठ २ गते पार्टी संगठनमा फर्काउने निर्णय गरेको थियो । तर केही स्थानमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेका असन्तुष्टि रहेको थियो । धेरै ठाउँमा सहज रुपमा कार्यान्वयन भएको छ । केही स्थानमा समस्या देखिएको छ । त्यहाँ पनि समस्या समाधान उन्मुख छन् । यसलाई जिम्मेवारी दिएको साथीहरुले हल गर्ने भनेर अध्यक्षले निर्देशन दिनुभएको छ, भट्टराईले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति