मन्त्रिपरिषद्का निर्णय : शपथ, तेजाब र प्रहरीसम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति

काठमाडौं, ११ असोज । मन्त्रिपरिषद्को सोमबारको बैठकले विभिन्न तीन विधेयक संसद्मा पेस गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शपथ, तेजाब र प्रहरीसम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।

आजको मन्त्रिपरिषद्को बैठकले सानर्वजनिक पद धारण गर्ने व्यक्तिको शपथसम्बन्धि विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ,– उनले अगाडि भने, तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा बनेको विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भयो ।

त्यस्तै, समाजकल्याण परिषद्का उपाध्यक्ष लगायतका पदाधिकारी र सदस्यले दिएको राजीनामा स्वीकृति गर्ने र विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको पनि मन्त्री कार्कीले जानकारी दिए ।मन्त्रिपरिषद् बैठकले गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोर्खापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति