चिनियाँ विदेशमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाइ

काठमाडौं, ११ असोज ।नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीले बधाइ दिएका छन् ।
चिनियाँ दूतावासले आज विज्ञप्ति जारी गर्दै विदेशमन्त्री यीले नेपाली समकक्षी खड्कालाई दिएको सन्देशमा मिलेर काम गर्ने चाहना व्यक्त गरेको जनाइएको छ ।नेपाल र चीनको सम्बन्धलाई नयाँ उचाइमा लैजाने चाहना पनि चिनियाँ विदेशमन्त्रीले व्यक्त गरेको उल्लेख छ । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि यसैसाता नेपाली समकक्षीलाई बधाई सन्देश दिएका थिए

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति