नैतिकता छ भने संसद्‍बाट राजीनामा गरेर जनतामा जाऊ – डा. भट्टराई

काठमार्डौ, ११ असोज । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी एमालेलाई संसद्‍बाट राजीनामा गरेर जनतामा जान भनेका छन् ।

प्रतिनिधिसभामा निरन्तर अवरोधका बीच बजेटसँग सम्बन्धित विधेयक पारित भएपछि सोमबार संसद् भवनबाट बाहिरिने क्रममा भट्टराईले एमालेलाई भने, मैले दोस्रो संविधानसभामा २०७२ सालमा पार्टी छोडिसकेपछि तुरुन्त राजीनाममा दिएको थिएँ । उहाँहरूको अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताको बीचमा जानुपर्छ ।सरकारको नेतृत्वमा हुँदा संसद् विघटन गरेको र अहिले संसद् अवरुद्ध गरिरहेको भन्दै भट्टराईले उक्त सुझाव दिएका हुन् । एमालेले संसद्‍मा लगाएका नाराबारे पनिभट्टराईले आपत्ति जनाए । जसले संविधान विपरीत गएर संसद् दुई-दुई चोटी विघटन गर्‍यो उसैले संवैधानिक सर्वोच्चता कायम गर भन्ने ? सर्वोच्चको फैसला मान्दिनँ भन्ने अनि संवैधानिक सर्वोच्चता रु जुन संसद् विघटन गरेको छ त्यो संसद्‍मा संसदीय मर्यादा कायम गर भन्ने ? उनले प्रश्‍न गरेका थिए ।

त्यस्तै, सरकारले लगानी गर्नका लागि स्रोत नखोज्ने नीतिको विरोधमा पनि एमालेका सांसदहरुले नारावाजी गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले बजेटसँग सम्बन्धित अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने क्रममा लगानी गर्नेको स्रोत नखोज्ने नीति सार्वजनिक गरेका थिए । उक्त नीतिको एमालेले विरोध गरिरहेको छ ।

भट्टराईले भने सरकारको उक्त नीतिको बचाउ गर्दै भने, कालो धन वैधानिक त हुनुपर्‍यो नि । कालो धनलाई कालै राख्ने त रु यहाँ त अवैध धन, कालो धन राखेर कालै काम गर्ने प्रवृति छ । कालो, सेतो जस्तो धन भए पनि उत्पादनमूलक काममा लगाएर रोजगारी सिर्जना गर्नुपर्ने राम्रो निर्णय भएको उनको भनाइ थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति