प्रतिनिधिसभाको अर्को बैठक असोज १४ विहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित

काठमाडौं, ११ असोज । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकबारे जानकारी दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको दुवै सदनबाट पारित भई विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको सन्देश प्रतिनिधिसभामा पढेर सुनाएका छन् ।

त्यस्तै राष्ट्रियसभाबाट सुझावसहित पारित भई आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभामा फिर्ता भइ आएको सन्देश पढेर सुनाइएको थियो ।त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असोज १४ विहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराए । आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले नाराबाजीसहि वेल घेराउ गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति