काठमाडौं , १० असोज । गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कविहीन प्रहरीलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनेको छ । गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गर्दै प्रहरी कार्यालयले तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिएको छ । आफूखुसी गैरहाजिर हुने, सम्पर्कविहीन हुने प्रवृत्तिलाई कडा रुपमा सुल्झाउने जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत अरु प्रहरी पनि आफूखुसी गैरहाजिर हुने सूचीमा समावेश छन् । कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन ११ नेपाल प्रहरीलाई हेडक्वाटरद्धारा सूचना जारी
प्रतिक्रिया