आम निर्वाचन हुदैं आज जर्मनीमा


काठमाडौं, १० असोज । आज जर्मनीमा आम निर्वाचन हुँदै छ । जर्मनको नयाँ चान्सलर चयनका लागि हुन लागेको यो निर्वाचनलाई महत्वपूर्ण मानिएको छ । यसअघि जर्मनीकी चान्सलर एङ्गेला मर्केलले १६ वर्ष लामो सत्ता सन्चालन गरेकी थिइन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी अनुसार वर्तमान निर्वाचनमा मर्केलको समर्थन पाएका अर्मेल ल्यानसेट र अनेलिना बेरभोकबीच मुख्य प्रतिस्पर्धा हुनेछ । जर्मनीका ६ करोड मतदाताले जर्मनीको तल्लो सदनमा ५९८ जना सदस्य चयन गर्नेछन् । नयाँ जर्मन चान्सलर बहुमतको आधारमा सांसदहरुद्धारा चुनिने भएतापनि तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार बन्नेछ । निर्वाचनको परिणाम आज नै आउने छ । जर्मनीमा १६ वर्ष सत्ता सन्चालन गरेकी मर्केल विश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा १० वर्षसम्म परेकी थिइन् ।।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति