हुवावेकी कार्यकारी वित्तीय अधिकृत मेङ वान्झाउलाई क्यानडेली सरकारल गर्यो रिहा

काठमाडौं, ९ असोज । चीनले तीन वर्षदेखि जेलमा राखेका दुई क्यानडेली नागरिकलाई रिहा गरेको छ। क्यानडाले पनि पक्राउ परेकी हुवावेकी कार्यकारी वित्तीय अधिकृत मेङ वान्झाउलाई शुक्रबार राति नै रिहा गरेको छ।​क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले मेङको रिहाइको पुष्टि गर्दै दुई नागरिक चिनियाँ जेलबाट मुक्त भएको घोषणा गरेका छन्।ट्रुडोले आफ्ना नागरिक माइकेल कोव्रिग र माइकेल स्पेवर चीनबाट स्वदेश फर्किरहेको बताएका छन्। उनीहरु शनिबार क्यानडा आइपुग्नेछन्।कोव्रिग कूटनीतिज्ञ हुन् भने स्पेवर व्यवसायी हुन्। उनीहरुले चीनमा हजार दिन जेलजीवन बिताएको बताइएको छ।क्यानडाले मेङलाई पक्राउ गरेलगत्तै उनीहरु चीनमा २०१८ को अन्तिमतिर जासुसी आरोपमा समातिएका थिए। मेङलाई इरानमा हुवावेको व्यवसाय सञ्चालनलाई लिएर अमेरिकाले वारेन्ट जारी गरेको कारण क्यानडाले समातेको थियो। शुक्रबार अमेरिकी स्टेट डिपार्टमेन्ट र मेङबीच सहमति भएपछि दुईतर्फी रिहाइको घोषणा भएको हो। सहमतिअनुसार सन् २०२२ पछि मेङविरुद्धको अभियोग अमेरिकाले फिर्ता लिनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति