एमालेको विधान संशोधन प्रस्ताव (पूर्ण पाठ)

काठमाडौं, ९ असोज । नेकपा एमालेले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव तयार गरेको छ।उक्त संशोधन प्रस्तावलाई शुक्रबारदेखि दुई दिनसम्म ललितपुरको च्यासलमा बस्ने केन्द्रीय कमिटी बैठकमा गरिएको छ ।उक्त बैठकले उक्त संशोधन प्रस्ताव पारित गरेपछि असोज १५ देखि १७ गतेसम्म बस्ने विधान महाधिवेशनमा प्रस्तुत गर्ने तयारी छ। यो बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल हुनेछ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। त्यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्ने भएका छन्। यसअघि एमालेको स्थायी कमिटी बैठक यी आइतबार र सोमबार बसेको थियो। त्यसबेला ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले सुझाव दिएका थिए। एमालेले यसअघि नै अध्यक्षसहितका पदाधिकारी महाधिवेशनबाटै निर्वाचित गर्ने निर्णय लिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति