काठमाडौं, ८ असोज । त्तकलिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको एकता सँगै आएको पार्टी समायोजनको विषय नसकिदै नेताहरुको आन्तरिक द्धन्द्धका कारण पार्टी पुन विभाजीत बन्यो । पार्टी विभाजन पछि नेताहरुको आएको विचलनका कारण केही नेताहरुलाई आफ्नै भुगोलबाट राजनीति गर्न निकै असजिलो बनेको छ ।
पछिल्लो समय पार्टी विभाजनपछि एमालेमै बसेको सुदूरपश्चिममा प्रदेशका लेखराज भट्ट र एमालेबाट विभाजन हुदैगर्दा माधव कुमार पक्षमा खुलेर लागेका नेता भिम रावललाई अहिले एमालेमा टिक्न निकै असहज भएको छ । पार्टी प्रवेश सँगैको चुनौती तथा पार्टीसँगको फरक मत राख्दा धेरै नेता एक्लिएका छन् । ती मध्ये हुन् माओवादी केन्द्र त्यागेका नेता लेखराज भट्ट र माधव नेपाल छाडेका डा. भीम रावल । सुदूरपश्चिममा यस अघि बलियो पकड भएका नेताद्वय रावल र भट्टको शक्ति पछिल्लो राजनीतिक क्षयीकरण हुदै गएको छ । दल र गुट बदल्ने प्रवृत्तिका कारण उनीहरु (लेखराज र भीम रावल) ले आफ्नै मान्छले साथ दिएका छैन ।
सुदूरपश्चिममा एक नेताले भने, ‘प्रदेशमा उनीहरुको विगतको जस्तो पकड कायम रहन सकेन । दुवैको शक्ति क्षयीकरण भएको छ ।’ लेखराज भट्ट माओवादी पृष्ठभूमिका नेता हुन्। तत्कालीन माओवादी केन्द्रमा भट्ट सुदूरपश्चिमको नेतृत्व गर्दथे । माओवादी केन्द्र सुदूरपश्चिममा उनको बलियो पकड थियो । नेता कार्यकर्ताले माओवादी केन्द्र सुदूरपश्चिमको ‘कमान्डर’ नै मान्दथे, भट्टलाई। तर स्थानियबासीले सुदूरपश्चिममा नेकपा एमालेको राजनीति पकड घटेको दावी गरेका छन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का विश्वास पात्र मानिने भट्ट वि.सं. २०६३ देखि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए ।
वि.सं. २०७५ जेठ ३ गते माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण हुँदा सुदूरपश्चिमका प्रभावशाली नेता भट्ट र भीम रावल एउटै ठाउँ (नेकपा)मा पुगे ।”लेखराज भट्टको सहमति विपरित नेकपा हुँदा सुदूरपश्चिमको इन्चार्ज रावललाई बनाइयो तर त्यो पदको लागि आफू नै सहि भएको कुरा राखिए तापनि सुनुवाई नभई प्रचण्डले सहयोग नगरेपछि भट्ट टाढिएर केपी शर्मा ओलीसँग नजिकिन थालेको एमालेकै एक नेताले बताए । ती नेताका अनुसार तत्कालीन नेकपाको ध्रुवीकरणमा भट्ट माओवादी केन्द्र नफर्किनु नै भट्टले सुदूरपश्चिमका आफू निकट माओवादी नेता÷कार्यकर्ताले साथ मुख्य कारण हो । सुदूरपश्चिम प्रदेश सभामा रहेका माओवादी केन्द्रका १४ प्रदेश सांसदमध्ये भट्टले एक जनाको मात्रै साथ पाएका छन् । प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका अछामका झपड बोहरा भट्टको साथमा उभिएका थिए । माओवादी केन्द्र छोडेर भट्टसँगै एमालेमै रहने निर्णय गरेपछि बोहराको सांसद पदसमेत गुमेको थियो । लेखराज भट्ट निकट सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि उनको साथ छोडे । तत्कालीन नेकपा हुँदा लेखराजकै सिफारिसमा मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट माओवादी केन्द्रमै रहेका छन् । यस्तै उनी निकट टेकेन्द्र भट्ट, खेम बम, महेश जोशी, कुन्ती जोशी, बिनिता चौधरी लगायत नेताको साथ पनि गुमाएका छन् । सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका माओवादी केन्द्रका जिल्ला कमिटी अध्यक्षमध्ये एक जना मात्रै एमाले प्रवेश गरेका छन् । तत्कालीन नेकपा कञ्चनपुरको अध्यक्ष रहेका वीरबहादुर थापा (पातल) ले भट्टको साथ दिएका छन् । थापा अहिले नेकपा एमाले कञ्चनपुरको पनि अध्यक्ष छन् ।
उता नेकपा एमाले विभाजनले भीम रावललाई पनि सुदूरपश्चिम ठूलो धक्का लागेको छ । गृहजिल्ला अछाम र समग्र सुदूरपश्चिममा रावलले आफ्ना विश्वास पात्र गुमाउँदा एक्लिँदै गएका छन् । एमाले फुटमा नेपाल समूहको साथ छोडेर एमालेमै रहेका रावलले आफू निकट नेताहरुलाई विभाजनमा जानबाट रोक्न सकेनन् । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी रावल निर्वाचन क्षेत्रमै एक्लिएका हुन । रावल निकट निर्वाचन क्षेत्र नम्बर १ का ६ नेताले एमाले छोडेका छन् ।
राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, प्रदेश सांसद मिना कुमारी साउँद, साँफेबगर नगरपालिकाका इन्चार्ज सिलोज कुँवर, मेयर कुल बहादुर कुँवर, बिर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले भीम रावलको साथ छोडेर एकीकृत समाजवादीमा गएका छन् । सुदूरपश्चिम प्रदेश सभाका रावल निकट १७ सांसदमध्ये १३ जनाले उनको साथ छोडेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, आर्थिक मामिला तथा योजनामन्त्री तारालामा तामाङ, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, राज्यमन्त्री चुनुकुमारी चौधरी, मनाकुमारी साउद, सांसदहरु अमर बहादुर साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी, बलबहादुर सोडारी, प्रकाश रावल र माया भट्ट एकीकृत समाजवादीमा गएका हुन् । यो सँगै एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी बन्यो भने एमाले चौथो स्थानमा झरेको छ । यसरी देश बनाउँछु भन्ने नेताहरु आफ्ना इच्छा चाहाना बोकेर राजनीति गर्ने हो भने भविष्यमा देशले कस्तो स्थितिको सामाना गर्नुपर्ला ? यसले नेताको मात्रा नभई देशको नै घाटा हुने देखिन्छ ।
प्रतिक्रिया