राष्ट्रिय सभा बैठक बस्दै : आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने

काठमाडौं, ८ असोज । राष्ट्रिय सभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुनेछ ।यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । राष्ट्रिय सभा बैठकमा आज यी दुवै विधेयक टेबुल गर्ने र त्यसपछि अर्को बैठकमा पारित गर्ने तयारी छ । दुवै विधेयक आउँदो सोमवार पारित गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ र प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ । यस अघि सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक २०७८ लाई हिजोको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन ।विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति