इटालियन सिरी ए फुटबलमा नापोलीको लगातार पाँचौं जित


काठमाडौं, ८ असोज । इटालियन सिरी ए फुटबलमा नापोलीले लगातार पाँचौं जित निकालेको छ ।

गएराति भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो ।
नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरे । फाबियन र पिओटर जिलिनिस्कीले एक एक गोल गरे ।

खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जितसँगै नापोलीले ५ खेलमा १५ अङ्क जोडेको छ । साम्पडोरिया ५ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति