हाइटीको राजनीतिमा हस्तक्षेप गरेको भन्दै अमेरिकी विशेषदूतले दिए राजीनामा

काठमाडौं, ८ असोज । आफ्नै मुलुकको आलोचना गर्दै हाइटीका लागि अमेरिकी विशेषदूतले राजीनामा दिएका छन्। हाइटीका आप्रवासीलाई अमानवीय तरिकाले डिपोर्ट गरिएको भन्दै विशेषदूत डेनियल फुटले राजीनामा दिएका हुन्। टेक्ससस्थित मेक्सिकोको सीमावर्ती क्षेत्रमा हाइटीसहितका करिब १३ हजार आप्रवासी जम्मा भएका थिए।

गत सातादेखि अमेरिकाले तिनलाई डिपोर्ट गर्न थालेको थियो।आइतबार यता मात्र अमेरिकाले १ हजार ४०० जनालाई डिपोर्ट गरेर हाइटी पुर्याएको बताइएको छ।घोडामा चढेका अमेरिकी अधिकारीहरुले आप्रवासीहरुलाई कोर्राले हान्दै लखेटिरहेको तस्बिर सार्वजनिक भएका छन्। यसलाई धेरैले दासप्रथाकालीन अत्याचारसँग दाँजेका छन्।२०१० को विनाशकारी भूकम्पपछि थुप्रैले हाइटी छाडेका थिए। उनीहरु दक्षिण अमेरिकाका विभिन्न मुलुक हुँदै अमेरिकाको सीमामा आइपुगेका थिए। यसवर्ष हाइटीबासीका लागि विपत्ति झन् थपियो। जुलाईमा राष्ट्रपतिको हत्या भयो भने अगस्टमा अर्को भूकम्प गयो। अमेरिकी दूत फुटले हाइटीलाई तत्काल सहयोगको खाँचो रहेको बताएका छन्। उनले हाइटीको राजनीतिमा हस्तक्षेप गरेको भन्दै अमेरिका र अन्य मुलुकको आलोचना समेत गरेका छन्। एजेन्सी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति