‘७५ दिनसम्म मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने गफ दिने ?’

काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसीर भित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शपथ लिएको ७५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउनु यसैको संकेत भएको बताएका हुन् ।उनले १४ महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाए धन्यवाद दिनुपर्ने भन्दै व्यंग्य गरेका थिए ।

उनले ७५ दिनसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नेहरुले एमालेसँग चुनाव लड्ने सपना नदेख्न आग्रह गरे ।उनले भने,‘मजबुद एमालेसँग लड्न यत्तिकै लिरिखिरी पाराले मन्त्रिमण्डल बनाउन नसक्ने एमालेसँग लड्ने गफ दिने ?’ उनले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरे । उनले भने, ‘कस्तो सरकार आयो आयो– सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ ।’ अध्यक्ष ओलीले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको बताए ।पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै अध्यक्ष ओलीले राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाए । ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति