काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएका कामको उद्घाटन गर्न लागेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा ओलीले आफ्नो कार्यकालमा बनेको प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेको बताए । प्रधानमन्त्री देउवा हामीले बनाएको घरमा सर्दै हुनुहुन्छ ।
मलाई खुसी लाग्छ उहाँले रिबन काट्नुहुनेछ, बत्ती बाल्नुहुनेछ । घर हामीले बनायौं उहाँले बत्ती बाल्ने र रिबन काट्नुहुनेछ, ओलीले भने, प्लग हामीले बनायौं स्वीच उहाँले थिच्नुहुनेछ ।बालुवाटारमा नयाँ प्रधानमन्त्री निवास बनिरहेको छ । प्रधानमन्त्री निवास निर्माण अन्तिम चरणमा पुगेको छ । सोही विषयलाई लिएर ओलीले अभिव्यक्ति दिएका हुन् ।आफू नेतृत्वको सरकारले व्यापक काम गरेको देखि नसकेर हटाएको ओलीको भनाइ थियो । सही नसक्नुभएको यहीँ हो, एमाले दुई वर्ष सरकारमा रहेको भए उहाँहरूको राजनीतिक सटर बन्द हुन्थ्यो । त्यसै कारण हटाउनुपर्यो । ओलीले राम्रा काम गरिरहेका राजदूत फिर्ता गरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले ११ राजदूत पहिल्यै नियुक्त हुन नदिएको र बाँकी राम्रो काम गरिरहेका राजदूतलाई पनि फिर्ता बोलाएर सही निर्णय नगरेको भनाइ राखे ।
प्रतिक्रिया