राष्ट्रियसभाबाट पनि पारित भयो विनियोजन विधेयक


काठमाडौं, ७ असोज । राष्ट्रियसभाले चालू आर्थिक वर्षको विनियोजन विधेयक अर्थात् बजेट बहुमतले पारित गरेको छ। आज बसेको सभाको बैठकले विनियोजन विधयेक पारित गरेको हो।बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए।

बैठकमा सांसद कोमल वलीले प्रतिनिधिसभाका सभामुखले नेकपा ९एमाले०ले कारबाही गरेका सांसदमाथि कारबाही नभएसम्म सभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएसँगै एमालेका सांसदले उठेर विरोध जनाएका थिए ।

यसअघि प्रतिनिधिसभाले बजेट पारित गरी राष्ट्रियसभामा पठाएको थियो।राष्ट्रियसभाले पारित गरेपछि पुनः बजेट प्रतिनिधिसभामा जानेछ। त्यहाँ बजेटबारे छलफलको कार्यसूची राखिएको छ। त्यसपछि प्रमाणीकरणका लागि राष्ट्रपति विद्या भण्डारीसमक्ष पठाइनेछ। त्यसपछि बजेट कार्यान्वयनमा जानेछ।राष्ट्रियसभाको अर्को बैठक यही असोज ८ गते बिहान ११ बस्नेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति