एकीकृत समाजवादीको पदाधिकारीमा उपाध्यक्ष ६ सचिवमा ४ जना चयन

काठमाडौं, ७ असोज । नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर भएको छ । अब उपाध्यक्षको संख्या ६ पुगेको छ भने राजेन्द्र राई सचिवमा थपिएका छन् ।केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव प्रस्ताव गरिएको थियो ।

तर राजेन्द्र राईलाई पदाधिकारीमा नराखेको भन्दै असन्तुष्टि देखिएपछि पदाधिकारी हेरफेर गरिएको हो । एक नेताका अनुसार सचिवमा प्रस्तावित केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाइएको छ भने घनेन्द्र बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ ।यस्तै सचिवमा राजेन्द्र राई थप भएका छन् । मुकुन्द न्यौपाने पार्टीको तेस्रो वरियतामा रहनेछन् । अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि न्यौपानेलाई राख्ने सहमति जुटेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति