एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौ, ७ असोज । नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक असोज ८ गते ११ बजेका लागि बोलाइएको हो। केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको बताइएको छ। बैठक दुई दिनसम्म चल्नेछ। कार्यालय सचिव तामाङले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति