म के पदमा प्रतिस्पर्धा गर्छु, आउने दिनमा भन्नेछु –काँग्रेस नेतागच्छदार

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले १४औं महाधिवेशमामा आफू सभापतिको दाबेदार नभएको बताएका छन् । तर आफु कुन पदमा के पदमा प्रतिस्पर्धा गर्ने भन्नेवार केहिदिनमा खुलाशा गर्ने बताएका छ्न ।

बुधबार पत्रकार सम्मेलन गरेका गच्छदारले नेताहरुबीच स्वस्थ प्रतिस्पर्धा गरेर अधिवेशन सम्पन्न होस् भनेर आफूले भूमिका खेल्ने बताए ।सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्मान गर्ने भन्दै उनले भने, ‘नेपाली कांग्रेसको सभापतिमा प्रतिस्पर्धा गर्ने इच्छा छैन । भविष्यमा पनि म त्यो पदका लागि प्रतिस्पर्धा गर्दिनँ ।’उपसभापति गच्छदारले आफूले फोरम लोकतान्त्रिकलाई कुनै गुटमा नभई कांग्रेसमा समाहित गरेको र सबैको साझा व्यक्ति बन्न सक्ने बताए । उनले अघि भने, ‘म के पदमा प्रतिस्पर्धा गर्छु, आउने दिनमा भन्नेछु ।’उनका अनुसार फोरम लोकतान्त्रिकको तर्फबाट सिफारिस भएका २५ हजार ४६८ मध्ये २३ हजार ४ जनाको क्रियाशील सदस्यता नवीकरण भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति