सुधीर बस्नेतका कारण पाँच जना कर्मचारीको मृत्यु : बाँचेका कर्मचारीले प्रधानमन्त्री गुहारे

काठमाडौँ, ६ असोज । पछिल्लो समय बैंकहरूले व्यापारीहरुलाई धमाधम कालोसूचीमा राख्न थालेपछि घरजग्गा व्यवसायी सुधीर बस्नेतबाट पीडित २०० कर्मचारीहरूले प्रधानमन्त्री गुहारे मागेका छन् । ओरियन्टल कोअपरेटिभ, अग्नी एयरलायन्स, ओरियन्टल बिल्डर्स, कोहिनुर बचत तथा सहकारी, कन्जुमर बचत तथा सहकारी, भेगा बचत तथा सहकारी र विभिन्न बिल्डर्स कम्पनीका कर्मचारीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन ।

ती कर्मचारीहरूका नाममा विभन्‍न कम्पनी खोलेर बस्नेतले बैंकबाट करोडौँ रुपैयाँ ऋण लिएका थिए । बैंकहरूले ऋण तिर्न कर्मचारीहरूलाई ताकेता गरिरहेको भन्दै आफुहरु प्रधानमन्त्री कार्यालय पुग्न बाध्य भएका एक कर्मचारीले बताए । हामी हाम्रो मालिक सुधीर बस्नेतबाट फालिएको कर्मचारीहरू हो । हामीले निष्ठापूर्वक मालिकको सेवा गर्‍यौँ । मालिक सुधिर बस्नेतले भने बमोजिम हाम्रो नाममा विभिन्न कम्पनीको खोलिएका छन्, पत्रमा भनिएको छ, करोडौँ रुपैयाँको ऋण बैंकबाट हाम्रो नाममा लिएको बैंकबाट ऋण तिर्न ताकेता गरेको छ । घरमा चिठ्ठी पठाइरहेको छ ।

उनीहरूले सुधीर बस्नेतलाई यसबारे खबर गर्दा मैले ऋण लिएको होइन जसले लिएको ऋण उसैले तिर्छु भन्दै पछि हटेको बताएका छन् । बैंकबाट ऋण लिँदा बैंकसँग मिलेमतो गरी धेरै कम मूल्य भएको भिरपाखाको जग्गालाई अधिक मूल्य बनाए ऋण दिन लगाएको उनीहरूको आरोप छ । बैंकले कर्मचारीहरूलाई कालोसूचीमा राखेर अत्यधिक पीडा दिइरहेको उल्लेख छ । उनीहरूले भनेका छन्, हामी कर्मचारीहरुमा पाँच जना कर्मचारीको मृत्यु भएको छ । अत्यधिक पीडा सहन नसकेर हृदयघात र रक्तश्राव भएको मृत्यु भएको छ । सरकारले समस्याग्रस्त सहकारी आयोग गठन गरेको थियो । भुपु न्यायाधीश गौरीबहादुर कार्कीलाई अध्यक्षमा नियुक्त भएका थिए । तर कार्कीकै मिलेमतोमा जग्गा बिक्री भएको उनीहरूले आरोप लगाएका छन् ।ललितपुर छम्पी गाविसको सात सय रोपनी जग्गा अग्नि एयर लाइन्स प्रालि, ओरेन्टल, कोहिनुर, कन्जुमर, भेगा सहकारीमा रहेको ऋणहरू पनि उठाउँदै खाए । इम्पेरिय अपार्टमेन्ट, इस्टर्न अपार्टमेन्ट सानेपा हाइट, धुम्बाराही अपार्टमेन्ट, धापासी अपार्टमेन्ट पनि बिक्री भएको उल्लेख छ । भक्तपुरको गुण्डुस्थित पाँच सय रोपनी जग्गा, हेपाली हाइटको सय रोपनी जग्गा र निजगढको ३० विगाह जमिन, विराटनगरको सिनेमा हल र सपिङ मल पनि बेचियो ।

कर्मचारीलाई थाहा नदिई चार सय रोपनी जग्गा काठमाडौँ र अरु ठाउँको जग्गा पनि बेचियो । यसमा गौरीबहादुर कार्कीले ३० करोड रुपैयाँ आफ्नो फाइदाको लागि सम्पत्तिहरु सुधीर बस्नेतलाई एकलौटी रुपमा बेच्न दिएको उनीहरूको आरोप छ । समस्या समाधान गर्न गठन भएको आयोगलाई बिक्री गर्ने अधिकार नभए पनि बिक्री गरेर आएको रकम सुधीर बस्नेतले विदेशमा लगेर अमेरिकामा लगेर राखेको उनीहरूको आरोप छ ।

समस्याग्रस्त सहकारीमा अर्का अध्यक्ष आए, युवराज सुवेदी । जसले बाँकी बचेको सम्पतिलाई बिक्री गरेर सबैलाई भागबण्डा गर्न भनेर पत्रिकामा लिलामी समेत निकाले । तर रातारात अदालतबाट त्यो जग्गा रोक्का भयो । उनीहरूले समस्या समाधानका लागि उचित कदम चाल्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति