कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते


काठमाडौं, ५ असोज ।  कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले जानकारी दिए । नियन्त्रणमा लिने कोसिस गर्दा उनीहरु भागेर भारतीय भूमिमै प्रवेश गरेपछि एसएसबी र भारतीय प्रहरीलाई जानकारी गराएका थियौं,’ ऐरले भने, ‘तत्कालै एसएसबी र भारतीय प्रहरी घटनास्थल पुगेको थियो । उनका अनुसार भारतीय तस्करको समूहको पहिचान भइसकेको छ र मंगलबार तस्करको समूहलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गर्ने आश्वासन भारतीय पक्षले दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति