माधव नेपालसहित १४ सांसदबारे सर्वोच्चमा परेको रिट हेर्दाहेर्दैमा

काठमाडौं, ४ असोज । माधव कुमार नेपालसहित १४ सांसदको पद खारेजी गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्दाहेर्दैमा राखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिहटमा आज कुनै आदेश नआएको हो ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दोहर्दैमा राखिएको हो ।

सुनुवाइ मंगलबार हुनेछ । नेकपा एमालेले १४ सांसदलाई गरेको दल निष्कासनको कारवाहीलाई मान्यता नदिने सभामुख अग्निप्रसाद सापकोटाको निर्णय बदर हुनुपर्ने माग राखी अध्यक्ष ओलीले सर्वोच्चमा रिट दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति