विद्युत् वितरण र प्रसारण प्रणाली सुधार गर्न एडीबीद्धारा थप ६ करोड डलर ऋण

काठमाडौँ, ४ असोज । बहुपक्षीय विकास साझेदार– एसियाली विकास बैंक (एडीबी)ले विद्युत् ग्रीड आधुनिकीकरण परियोजनाका लापग थप ६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । यो परियोजना अन्तर्गत नेपालको प्रसारणलाइन र वितरण प्रणालीको स्तरोन्नति भइरहेको छ ।
यो परियोजना नोभेम्बर, २०२० मा स्वीकृत भएको हो र यस परियोजनाले देशभर ३४ ग्रीड सबस्टेशनको स्तरोन्नति गर्ने, काठमाडौँमा स्मार्ट मिटर वितरण, १४४ किमी लामो प्रसारणलाइनलाई स्तरोन्नति र नयाँ ११३ किमी प्रसारणलाइन समेत निर्माण गर्ने उल्लेख छ । वितरण प्रणाली कमाण्ड र नियन्त्रण केन्द्र पनि विकास हुनेछ ।‘एडीबीले नेपालमा विश्वनीय, कुशल र दीगो विद्यत् आपूर्तिका लागि थप लगानी गरेको,’ एडीबीको दक्षिण एसियाका लागि प्रमुख उर्जा विशेषज्ञ जीवन आचार्यले बताए, ‘थप लगानीले प्रसारण र वितरण सञ्जालको थप विस्तार, सशक्तीकरण र आधुनिकीकरणमा मद्दत गर्नेछ र नेपालले लक्ष्य गरे अनुसार सन् २०२६ सम्म देशको प्रतिव्यक्ति उर्जा खपत ७०० किलोवाट प्रतिघण्टा पुग्नेछ ।’

परियोजनाको शुरुवातको कार्यक्षेत्रका अतिरिक्त थपिएको लगानीले नेपालगञ्ज–कोहलपुर र चोभार –लगनखेल १३२ केभी प्रसारणलाइन निर्माण हुनेछ । यसका अतिरिक्त दुम्कीवास, लगनखेल, मुलपानी र नेपालगञ्ज सबस्टेशनको क्षमता ४७७ एम्पियर मेगाभोल्ट पुग्नेछ ।

यस परियोजना अन्तर्गत यसमा व्यवसायका महत्वपूर्ण अङ्गहरू (योजना, इन्भेन्ट्री खरिद, बिक्री, मार्केटिङ्ग, फाइनान्स र मानवस्रोत)लाई एकीकृत गर्ने इआरपी प्रणाली लागू गरी प्रणाली सुरक्षा र संस्थागत क्षमता सुदृढीकरण गर्ने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति