काठमाडौँ, ४ असोज । गाँजा कारोबारमा पक्राउ परेका राजिव काफ्लेको रिहाइ र संसदमा दर्ता भएको गाँजा खेतीसम्बन्धी विधेयक तत्काल टेबुल गर्नुपर्ने मागसहित एक समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।‘गाँजावादी एक हौं’ भन्ने ब्यानरमा उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाल गाँजा वैधानिक महाअभियानका नाममा प्रदर्शन गरेका उनीहरुले गाँजा अभियन्ता काफ्लेको तत्काल रिहाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।पछिल्लो समय नेपालमा गाँजालाई वैधानिकता दिने–नदिनेबारे बहस भइरहेको छ ।
‘गाँजावादी एक हौं’ भन्ने ब्यानरमा माइतीघरमा आन्दोलन
प्रतिक्रिया