काठमाडौँ, ४ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयकमार्फत् सरकारले ल्याएको बजेट आज पारित भएको छ।बजेटबारे छलफल भइरहँदा र पारित गर्ने बेला एमाले सांसदहरूले विरोध गरिरहेका थिए। विरोधबीच नै बजेट पारित भएपछि एमाले अध्यक्ष ओलीले कहिलेसम्म पेल्दा रहेछन् हेरौुं भन्ने प्रतिक्रिया दिएका छन्।आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्केका अध्यक्ष ओलीले पत्रकारहरूको प्रश्नमा उक्त प्रतिक्रिया दिएका हुन्। एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ। पार्टीले कारबाही गरेका सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको र पार्टी विभाजनमा भूमिका खेलेको आरोप एमालेले सभामुखमाथि लगाइरहेको छ। सभामुखले भने यो मुद्दा सर्वोच्चमा रहेकोले संसदमा छलफल नहुने प्रतिक्रिया दिइरहेका छन्।
कहिलेसम्म पेल्दा रहेछन् हेरौं : अध्यक्ष ओली
प्रतिक्रिया