प्रतिनिधिसभाको बैठक स्थगित,अर्को बैठक असोज ७ गते बस्ने

काठमाडौं, ४ असोज । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। असोज ७ गते बिहीबार दिनको २ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।

सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक पारित भएको छ। अर्थमन्त्री शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्, आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्, आर्थिक विधेयक, २०७८ माथि दफावार छलफल र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

अर्थमन्त्री शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३ प्रतिशत मात्रै प्रतिस्थापन गरेको प्रष्टीकरण दिएका छन्। बजेट पारित नहुँदा भदौ ३१ देखि सरकारको खर्च रोकिएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका हुन्। सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आइरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति