बैतडी, ४ असोज । बैतडीमा जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जीप सोमबार दुर्घटना भएको हो ।
मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द( जीप चालक) र वीरेन्द्रराम पार्की ,पाटन नगरपालिका–५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिँह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका–२ का जयबहादुर बोहरा घाइते भएका छन् । अस्थाई ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले चालक चन्दको अवस्था गम्भीर रहेको साथै घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए । जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
जीप दुर्घटनामा परी बैतडीमा ९ जना घाइते
प्रतिक्रिया