काठमाडौं , ४ असोज । अनलाइन मार्फत शेयर खरिद विक्री गर्न सकिने भएपछि पछिल्लो समय पुँजी बजारमा महिला लगानीकर्ताहरूको आकर्षण बढेको बताइएको छ।
अवसर सँगसँगै जोखिमले भरिएको शेयर बजारमा थोरै रकमबाट पनि सुरुवात गर्न सकिने हुँदा प्राथमिक शेयर बजार उपयुक्त प्रवेश मार्ग हुन सक्ने साथै अन्य क्षेत्रले भन्दा यो क्षेत्रले आफूलाई आर्थिक रूपमा अब्बल बनाएको शेयर बजारमा संलग्न महिलाहरुले बताएका छन् ।
नेपालमा हाल करिब ४५ लाख ४७ हजारको डिम्याट खाता रहेको र त्यसमध्ये करिब १८ लाख ३७ हजार खातावाल महिला भएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सुरेश न्यौपानेले बताए । जुनसुकै ठाउँ वा समयमा निर्धक्कसाथ शेयरसम्बन्धी कारोबार गर्न सकिने भएपछि शेयर बजारमा महिला उपस्थिति बढेको तथ्याङ्कले समेत देखाएको न्यौपानेले बताएका छन् ।
पुँजी बजारका लगानीकर्ता महिलाहरुले आर्थिक रूपले सशक्त महिलाको परिवार र समाजमा हुने व्यवहारको चर्चा गर्दै कमसेकम आफ्नो‚ बालबच्चा र परिवारका अन्य सदस्यहरूको डिम्याट खाता खोलेर आइपीओ मार्फत धेरै भन्दा धेरै महिलाहरू सानै रकमबाट प्रवेश गरी आफू जस्तै लाभान्वित हुन सक्ने बताएका छन् ।
प्रतिक्रिया