तक्मा बाँड्ने यो पञ्‍चायती सरकार हो : नारायण वाग्ले

काठमाडौँ, ३ असोज । नागरिक आन्दोलनका अगुवा नारायण वाग्लेले लोकतान्त्रिक मूल्य मान्यतामा राणाकालीन बक्सिस र तक्मा वितरण गर्ने संस्कार नसुहाउने बताएका छन् । उनले पदक र तक्मा बाँड्ने सरकारसमेत लोकतान्त्रिक सरकार हुन नसक्ने बताएका छन् ।नागरिक आन्दोलनले आइतबार गरेको संविधान संशोधन मार्चलाई सम्बोधन गर्दै वाग्लेले तक्मा बाँड्ने वर्तमान सरकार पञ्चायती सरकारझैं भएको बताए । ‘ राणा शासनमा के हुन्थ्यो ? पञ्चायतमा के हुन्थ्यो ? चाकडी चाप्लुसी पदक, तक्मा, हुँदा–हुदा मैले धेरै वर्ष काम गरेको पवित्र पेशा पत्रकारिताका, प्रकाशक र पत्रकारहरुलाई समेत चाकडी गर है भनेर सरकारले तक्मा बाडेको छ,’ वाग्लेले भने, ‘तक्मा बाँड्ने सरकार, यो पञ्चायती सरकार हो ।’ उनले संविधानले लोकतन्त्र स्वीकार गरेको भए राणाकालिन बक्सिस परम्परा त्याग्नुपर्ने बताए । ‘म यो माइकबाट अहिले नै घोषणा गर्छु, यदि यो संविधानले लोकतन्त्र स्वीकार गर्छ भने, लोकतान्त्रिक मुल्य र मान्यता अभिवद्र्धन गर्छ भने यसले तक्मा जस्ता राणकालीन बक्सिस परम्परा त्याग्नुपर्छ साथीहरु,’ वाग्लेले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति