अस्ताए प्यूठानको वामपन्थी आन्दोलनका संस्थापक गुरुङ

प्यूठान, ३ असोज । प्यूठानको वामपन्थी आन्दोलनका संस्थापक खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षको उमेरमा आइतबार बिहान ७ बजे गुरुङको निधन भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि केहिदिन पहिले उपचारका लागी उनलाई लुम्बिनी अस्पताल बुटवल लगिएको थियो । गुरुङको उपचारको क्रममा मृत्यु भएको नेकपा मसालमा महामन्त्री मोहन विक्रम सिहंले जानकारी दिए । तत्कालीन बाग्लुङ जिल्लाको खरामा जन्मिएका गुरुङ बसाइ सरेर हालको गौमुखी गाउँपालिका–७ नारीकोट रामखोला आएका थिए ।गुरुङ नेकपा मसालका महामन्त्री सिंहका बुबा खिमविक्रमको पालादेखि राजनिती गर्न थालेका हुन् ।

गुरङ नेकपालाई प्यूठानमा विस्तार गर्ने मुख्य पात्र रहेको सिंहले बताए । २००९ सालमा गुरुङ र सिंहको नेतृत्वमा प्यूठानको रातामाटामा पहिलो कार्यक्रता प्रशिक्षण भएको थियो । उक्त शिविरको मुख्य प्रशिक्षक गुरुङ नै थिए । २०११ सालमा किसान ठग्ने अभियान चलाएको भन्दै महामन्त्री सिंहसँगै गुरुङ पक्राउ परेका थिए । पक्राउ परेको ११ महिनामा उनीहरु रिहा भएका थिए ।२०१५ सालको ससंदीय चुनावमा गुरुङ क्षेत्र नम्बर ८३ बाट नेकपाको उम्मेदवार समेत बनेका थिए तर पराजित भए ।गुरुङको निधनले नेपाली कम्युनिष्ट जगतमा अपुरणीय क्षति पुगेको सिंहले बताए । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक सदस्य तथा मुक्ति सेनाका कमान्डर गुरङ कम्युनिस्ट आन्दोलनका निष्ठावान नेताको रुपमा परिचित छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति