अफगानिस्तानलाई सहयोग गर्न चिनियाँ दूतको आग्रह

३ असोज । चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका छन् । उनले भने आफ्नो चाहना र मोडेलमा नै सहयोग गरौँ तर अहिले अफगानिस्तानलाई सहयोग गर्न आवश्यक छ ।


हाल अफगानिस्तानलाई मानवीय सहयताको खाँचो रहेकोले सहयोग गर्नुपर्ने उनले बताएका छन् । अफगानिस्तानको क्षेत्रीय अखण्डता र उनीहरुको स्वतन्त्रताको सम्मान गर्दै सबै विदेशी समूदायले सहयोग पुर्‍याउनु पर्ने उनको धारणा थियो ।


संयुक्त राष्ट्रसंघका लागि चिनियाँ उप प्रमुख स्थायी प्रतिनिधि दाइ बिङले सो धारणा राखेका हुन् । उनले अहिले पनि अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादीहरु जम्मा हुने ठाउँ बन्‍ने खतरा रहेको भन्दै अफगानिस्तानलाई यस्तो ठाउँ हुन दिनबाट बचाउन र त्यहाँका नागरिकलाई सहयोग गर्नका लागि विश्व समूदायलाई आग्रह गरेका हुन् । अहिले पनि अफगानिस्तानमा सहयोग र मानवीय सहायताका कार्यक्रमहरु लिएर जानुपर्ने उनले बताए । (रासस/सिन्ह्‍वा)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति