सरकारी मानपदवी र अलंकारको कन्तविजोग, राजनीतिक भागवण्डामा पनि सम्मान नभएको भन्दै अस्वीकार गर्ने लहर

काठमाडौं । पञ्चायतकालदेखि नै सरकारले आफन्त र चाकरीवाजलाई चित्त बुझाउने नाममा विभिन्न मान पदवी र विभुषण बांड्दै आएको परम्परा बहुदलीय प्रजातन्त्र र गणतन्त्र सम्म आइपुग्दा पनि कायमै छ । अघिल्ला तीन वर्ष नेकपाको सरकार रहेका बेला केपी ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलको तजवीजी र ओलीको इशारामा आफन्तलाई त्यस्ता तक्मा र पदक बांडेका थिए ।
ओलीलाई पनि माथ गर्ने गरी वर्तमान देउवा सरकारले संविधान दिवसको अवसरमा ९०३ जना व्यक्तिलाई विभिन्न मान पदवी र अलंकार बांडेको घोषणा गरेको छ। यसपटक कांग्रेस, माओवादी, र माधव नेपाल समूहको भगवण्डाका आधारमा कमंचारी, पेशाकमी, पत्रकार तथा बकिल, प्राध्यापक देखि सर्वोच्च अदालतका प्रधानन्यायधिशदेखि न्यायधिशहरु सम्मलाई खुशी पार्नेगरी पदकको भागवण्डा गरेको पदक वितरण ससिफारिश समितिका एक सदस्यले बताए ।
पदक घोषणा भएलगत्तै कांग्रेस, र माओवादी निकट तथ केही स्वतन्त्र पत्रकारहरुले समेत पदक अस्वीकार गरेका छन् । यसले पदक भगवण्डामा उही समुहका उस्तै व्यक्तिहरुका बीचमा समेत एकरुपता नभएकोमा चित्त दुखाएको देखिएको छ । कतिपयलाई त्यो पदक लिन मन भएपनि त्यो समूहमा नामै सुन्न नसक्ने व्यक्तिहरु समेत परेकाले अस्वीकार गर्नु परेको कतिपयले बताएका छन् ।


पदक अस्वीकार गर्नेमा नयां पत्रिका दैनिकका अध्यक्ष कृष्ण ज्वाला देवकोटा, इकागजनका हरिबहादुर थापा, काटुर्निष्ट रविन सायमी, नारायण अमृत लगायतले समाजिक सञ्जाल मार्फत पदक अस्वीकार गरेको घोषणा गरेका छन् ।

संविधान दिवसमा मानपदवी, अलंकार र पदक पाउने जम्बो टोलीका सबैजसो पहुँचवाला छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर कार्यान्वयनमा आएको ६ वर्ष पुग्यो। पञ्चायती र राणाकालीन शासनको झल्को भने हटेको छैन।

संवैधानिक निकायदेखि कर्मचारीसम्म सत्तासँग निकटलाई विभूषण घोषणा गरिएको छ । यस वर्ष ९ सयबढीलाई पदक दिने निर्णय गरिएको छ । २०७७ मा ५ सय ९४ र २०७६ मा ६ सय ३४ जनालाई विभूषण घोषणा गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल विभूषण सिफारिसबारे बोल्न चाहेनन् । ‘राष्ट्र्रपतिबाट घोषणा नभई हामीले यस विषयमा बोल्न मिल्दैन, त्यसपछि बोल्नै परे पनि सरकारले गरेका काममा हाम्रो कुनै टिप्पणी छैन,’ पोखरेलले भने ।

समाजिक सञ्चालमा पदक वितरणको व्यापक आक्रोश र व्यंग्य देखिएको छ ।कतिपयले सरकार पदक देउ, तलव दिन पर्दैन भन्दै कतिपय मिडिया मालिकले पदक पाएकोमा व्यंग्य गरेका छन् । केही समय अघि अन्नपूर्ण पोष्टमा कर्मचारी तथा पत्रकार निश्काशनका बारेमा निकै हंगामा भएको थियो । त्यही पत्रिकाका मालिक रामेश्वर थापाले पनि सुकृतिमय जनसेवाश्री पदक पाएका छन्। ओली सरकारको बेला थापाको बास नै बालुवाटारमा थियो । हाल उनको दौडधुप प्रम देउवापत्नी आरजू राणाको चगलरहेको छ ।

पदक अस्वीकार गर्नेको लाइन निकै लामो हुनससक्ने बताइएको छ ।

पदक पाउने पत्रकार र मिडिया उद्यमीहरु यसप्रकार छन् 

सुकीर्तिमय राष्ट्रदीप

कैलाश सिरोहिया,कान्तिपुर
रामेश्वर थापा,अन्नपूर्ण पोष्ट

सुप्रबल जनसेवाश्री

विनोदराज ज्ञवाली, नागरिक
तारानाथ दाहाल, वरिष्ठ पत्रकार
सुरेश आचार्य, वरिष्ठ पत्रकार
हरिविनोद अधिकारी, वरिष्ठ पत्रकार
कृष्णज्वाला देवकोटा, नयाँ पत्रिका
प्रतिक प्रधान, बाह्रखरी
हरिबहादुर थापा, इकागज

कीर्तिमय राष्ट्रदीप
ओम शर्मा, रातोपाटी
गुणराज लुइटेल, नागरिक
महेश्वर दाहाल, प्रेस सेन्टर

प्रबल जनसेवाश्री

विश्वमणि पोखरेल
कविर राणा, देशान्तर साप्ताहिक
रविन रायमी,नागरिक दैनिक
रवी मिश्र,नयाँ पत्रिका
अनिता बिन्दु, नेपाल टेलिभिजन
बालकृष्ण चापागाई, समाजवादी प्रेस संगठन
माधव ढुंगाना, कान्तिपुर
प्रकृति अधिकारी,गोरखापत्र
बद्री सिग्देल, अध्यक्ष प्रेस युनियन
ऋषि धमला,अध्यक्ष रिपोर्टस क्लब
अजयबाबु शिवाकोटी, महासचिव प्रेस युनियन
नेत्रबहादुर केसी,बिबिसी
समा थापा, एपीवान टिभी
मुकुन्द दाहाल,न्युज २४
खगेन्द्र अधिकारी,सेतोपाटी
सुनिल महर्जन,ललितपुर
रोशन सापकोटा,रासस
विष्णु खड्का,एपीवान
रेखा भुसाल,प्रेस युनियन
बृजकुमार यादव,बिबिसी
आकांक्षा शाह,काठमाडौं
भिष्मराज ओझा,प्रेस युनियन
शालिग्राम सुवेदी,प्रेस युनियन
गोविन्द धिताल,नेपाल टेलिभिजन
नरेन्द्र साउद,अन्नपूर्ण पोष्ट
लिला बराल,झापा
भवानी कार्की,समाजवादी प्रेस संगठन
बृजलाल पासवान,पर्सा

दिलभुषण पाठक,कान्तिपुर टिभी

जनसेवाश्री

भरतबन्धु थापा,फोटो पत्रकार
भुवन शर्मा,नागरिक दैनिक (प्रेस युनियन)
दीपक खरेल,कपिलबस्तु
गिरिजाप्रसाद अधिकारी,तुखबर हेटौंडा
दिपेन्द्र श्रेष्ठ,पोखरा
प्रभातकुमार झा,रौतहट
नारायण अमृत,नेपाल समय
चन्द्रशेखर कार्की,फोटो पत्रकार (सदृष्य)
किसन राई,धरान
डम्बर अधिकारी,तनहुँ प्रेस युनियन
राममाया भट्टराई,बारा

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति