दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेले समेत पदक पाए : सुवास नेम्वाङ

काठमाडौं , ३ असोज । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ओली सरकारलाई विस्थापित गर्ने फैसला गरेका न्यायाधीशहरूलाई देउवा सरकारले पुरस्कृत गरेको बताएका छन् ।

एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले भने, ‘ओली सरकारलाई स्थापित गर्ने फैसला गरेका अदालतका सम्बन्धित न्यायाधीशहरु, सरकारकाविरुद्ध मुद्दा दर्ता गर्ने प्रयास गर्नेहरु पक्षहहरुले महहत्वपूर्ण मेडल पाउनुभयो ।’

राष्ट्रपतिबाट बाँडिएको पदकले देश कतातिर अघि बढिरहेको छ भन्ने संकेत मिल्ने भन्दै उनले संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैलाई विश्वस्त तुल्याउँदै थप प्रतिबद्धता गर्नुपर्नेमा पुरस्कारको घोषणा गरेको टिप्पणी गरे ।

दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेले समेत पदक पाएको भन्दै नेम्वाङले भने, ‘एकजना साथी दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नेले मेडल पाए । यहीँ सक्रिय दुईजनाका परिवारले मेडल पाउनुभयो । कसैले मरणोपरान्त पाउनुभयो । ओली सरकारविरुद्ध मुद्दा लगाउने मेडल पाएछन् । मुद्दा लगाउन भूमिका खेल्ने कानुन व्यवसायीले पनि मेडल पाउनु भएछ । अरु हिसाबले भूमिका खेल्नेले मेडल पाउनु भएछ । मुद्दामा फैसला गर्ने न्यायाधीले पनि मेडल पाउनुभएछ ।’

पारी चितुवा करायो वारी सिंगारी हारयो भनेजस्तै संविधान दिवसकै पदकको घोषणा गरिनु उचित नभएको बताएका उनले भने, ‘न्यायाधीशहरूलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनुहुँदैन । यहाँहरूले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौं भन्नुस् । अस्वीकार गरिदिएको घोषणा गरिदिनुस् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति