प्रबल जनसेवाश्री पदक फुटबल र क्रिकेट कप्तानलाई

काठमाडौं ,२ असोज । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सरकारबाट विभूषित हुने भएका छन् ।
संविधान दिवसका अवसरमा सरकारबाट विभिन्न विभूषण र पदक पाउनेको सूचीमा किरण र ज्ञानेन्द्र पनिप्रवल जनसेवा श्रीबाट विभूषित हुनेगरी समावेश छन् ।
किरणको कप्तानीमा साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टिम अहिले कतारमा बन्द प्रशिक्षणमा छ भने ज्ञानेन्द्रको कप्तानीमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू को सिरिज खेल्न ओमानमा छ ।दुई चर्चित खेलका कप्तान अहिले अन्तराष्ट्रिय स्तरको खेलकोलागि विदेशमा छन् ।सरकारले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ्ग डाल, अपाङ्ग खेलाडीद्धय हिमाल अर्याल र केशव थापालाई जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ ।यसैगरी कराँतेकी खेलाडी अनु अधिकारी, ब्याडमिन्टन खेलाडी दीपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई सुकीर्ति पदकबाटसम्मानित गर्ने भएको छ ।विभागको तर्फबाट सुकीर्ति पदकबाट सम्मानित हुने केही खेलाडीमा उसु खेलाडी जुनि राई, तेक्वान्दो खेलाडी संगीता बस्याल र लक्ष्मण तामाङ, ट्रायथलनकी सोनी गुरुङ छन् । जुनि प्रहरी सहायक निरीक्षक हुन भने संगीता, लक्ष्मण र सोनी सशस्त्र प्रहरी जवान हुन् । सरकारले खेलकुद क्षेत्रमा योग्दान दिएका व्यत्तित्वहरुलाई विभिन्न पदकबाट बिभूसित गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति