समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण कार्यान्वयन अपरिहार्य छ : प्रधानमन्त्री देउवा

काठमाडौं , ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको बताएका छन्।

सातौं संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम गर्दै समृद्धिको लक्ष्य हासिल गरिने पनि बताए।

‘समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण पालना र कार्यान्वयन अपरिहार्य छ,’ प्रधानमन्त्री देउवाले भने। उनले संविधान जारी भएको दिन नेपालीको विशिष्ट पर्व भएको पनि बताए।

उनले चैतभित्र सबै नेपालीलाई निस्शुल्क रूपमा कोरोना खोप लगाइने बताए। उनले संविधानको रक्षा र कार्यान्वयनमा प्रतिवद्ध रहेको पनि बताएका छन्।

‘संविधानको सफल कार्यान्वयनबाट समृद्धि कायम गर्नु साझा संकल्प हो,’ उनले भने। उनले इमान्दारीतापूर्वक काम गर्न प्रतिवद्ध रहेको पनि बताए।

संविधान कार्यान्वयन गर्न संवाद, सहमति र सहकार्यबाटै संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बनाइने पनि बताए।

उनले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति