राष्ट्रपतिले गरिन् ८ जनालाई आम माफी

काठमाडौं, २ असोज ।  संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेका ८ जना कैदीहरुको कैद सजाय मिनाह गरेकी छिन् ।

त्यस्तै हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको हो । असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

नेपालको संविधानको धारा २७६ बमोजिमनेपाल सरकार,मन्त्रिपरिषद्को मिति २०७८/५/२९ गतेको सिफारिसमा मुलुकी फौजदारीकार्यविधि संहिता, २०७४ को दफा १५९ को प्रावधान अनुसारपूर्ण बहादुर भन्ने किशोर भण्डारी समेतका ८जनाव्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय संविधान दिवस, २०७८ को अवसरमा माफीभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति