दलहरूको आन्तरिक व्यवस्थापनको अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाई : नेता सिंह


काठमाडौँ, २ असोज । कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन भित्र रहेका दलको आन्तरिक व्यवस्थापनको अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन् । गणेशमान सिहको २५ औं स्मृति दिवसको अवसरमा शोभाभगवतीमा गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले अब छिटै सरकारले पूर्णता पाउने बताए ।

नेता सिंहले कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउँदै संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण गठबन्धन बनेको बताए ।नेता सिंहले कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको बताए ।उनले पार्टीको १४ औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए ।

‘पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढिरहेको छ, उनले भने, ‘महाधिबेशन निष्पक्ष तवर गर्नुपर्दछ । विवाद भएका जिल्लामा विधिविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्छ ।’अर्को प्रसंगमा नेता सिंहले साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । तर आफू सभापतिको उम्मेद्‌वारबाट पछि नहट्ने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति