एमालेको प्रचार विभाग फर्कियो जेठ २ मा

काठमाडौं, १ असोज ।  नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी प्रवक्ताको जिम्मेवारी फिर्ता पाएका छन् । एमाले एक हुँदा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेपछि खोसिएको जिम्मेवारी पार्टी विभाजन भएपछि उनले फिर्ता पाएका हुन् ।

एमालेका तत्कालीन नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन हुँदा माधवलाई छोडेर केपी ओली एवम् सस्थापनलाई रोजेका भट्टराईले मुल पार्टीमै रहने निर्णय गरेको करिव एक महिनापछि पुरानै जिम्मेजारी पाएका छन् ।
अध्यक्ष ओलीले यस अघि योगेशबाट प्रवक्ताको जिम्मेवारी खोसेर सचीव प्रदीपकुमार ज्ञवालीलाई दिएका थिए । शुक्रबार भने एमाले सचिवसमेत रहेका ज्ञवालीले पार्टीको एक बैठकमार्फत भट्टराईलाई प्रवक्ताको जिम्मेवारी फिर्ता दिएका हुन् र सोही अवसरमा सामुहिक फोटोपनि बाहिर आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति