अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वी फर्किए

काठमाडौं, १ असोज । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् ।

उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए । चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो – १२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए ।

यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको जनाएको छ । न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १ः३५ भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन् । सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो । पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि मानव पठाएको यो पहिलो पटक थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति