चाडपर्व लक्षित अनुगमन

झापा, १ असोज । चाडपर्व नजिकएसँगै जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा रहेको जिल्ला बजार अनुगमन समितिले दैनिक उपभोग्य वस्तुको व्यापारीले अनावश्यक मूल्य वृद्धि गर्ने र म्याद गुज्रिएका सामग्री बेचबिखन गरिरहेको अनुगमनका क्रममा पाइएको बताएका छन् । उनले जिल्लाका १५ वटै पालिकाका बजार क्षेत्रमा अनुगमन गरिरहेको जानकारी दिए । स्वास्थ्य, गुणस्तर तथा नापतौल, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि रहेको समितिले खाद्यवस्तुको म्याद, गुणस्तर, मूल्य र नापलाई अनुगमनका क्रममा हेरिने गरेको उनको भनाइ छ ।


अनुगमनमा धेरैजसो बिस्कुट, चाउचाउ, चिजवल, सुजी, पिठो, पापड, दाललगायतका सामग्रीको म्याद गुज्रिएको फेला पारेको उनले बताए । जफत गरिएका सामग्री प्रहरीमार्फत नगरपालिकालाई डिस्पोज गर्न लागि पठाइएको छ । मापदण्ड अनुसार व्यवसाय नगर्नेलाई मौखिक रुपमा सचेत गराइएको सहायक प्र.जि.अ. रिमालले जानकारी दिए । स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले प्रभावकारी ढङ्गले काम गर्न नसकेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति